प्रदेश सरकारलाई सांसद पाठकले सोधे: फेवातालको क्षेत्रफल कति हो ?
पाेखरा | जेठ २५, २०८०
पोखरा: गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समर्थन गर्न नसकिने भन्दै फेवातालको क्षेत्रफल कति हो ? भनेर प्रश्न गरेका छन् ।
गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफलकाक्रममा सरकारले पर्यटन क्षेत्रको प्रर्वद्धन विकास गर्ने कुरा उल्लेख गरेको भन्दै फेवातालको क्षेत्रफल सोधेका हुन् ।
उनले फेवातालको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाको यकिन गर्न चुनौती समेत पेश गरेका छन् ।
‘फेवातालको जग्गा अतिक्रमण गरेर गरेर बनाइएका घर टहरा कति छन्, अतिक्रमण गरेर कति संरचना बनाइए प्रदेश सरकारले यकिन गरोस्’ उनले भने, ‘अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सकोस्, क्षेत्रफल कायम गर्न सकोस् ।’
सांसद पाठकले भने, ‘फेवाताललाई वास्तविक क्षेत्रफलमा फर्काउन सके प्रदेशवासी र पोखरावासीले सरकारको पक्षमा दिपावली मनाउनेछन् ।’
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

