डोजरको ठक्करबाट पूर्व वडाअध्यक्षको मृत्यु
स्याङ्जा | जेठ २७, २०८०
स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिका –५ का पूर्ब वडाअध्यक्ष बिष्णु क्षेत्रीको डोजरको ठक्करबाट मृत्यु भएको छ । विहीबार सोही वडाको जोगिमारामा काम गरिरहेको जेसीबी अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएपछि उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको थियो । मृतक क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि वालिङ गह्रौ प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
क्षेत्री २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एक मात्र वडाअध्यक्ष रहनुभएको थियो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

