मगर संघको आपत्ती: दायाँबायाँ जान्दैनौ, गलत तथ्याङ्क मान्दैनौ

काठमाडाैं | जेठ २९, २०८०

मगर संघको आपत्ती: दायाँबायाँ जान्दैनौ, गलत तथ्याङ्क मान्दैनौ

काठमाडौं:   राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’लाई छुट्टै जातको रूपमा राखेर तथ्यांक सार्वजनिक गरेपछि नेपाल मगर संघले आपत्ति जनाउदै विरोध प्रदर्शन गरेको छ ।
 

तथ्यांक कार्यालयले जारी गरेको २०७८ को जनगणना अनुसार पुन’ थरको ०.०३ प्रतिशत जनसँख्या छुट्टै सार्वजनिक गरेको थियो ।

 

नेपाल मगर संघले ‘पुन’ मगर जातिको थर रहेको बताउदै फेरि तथ्याङ्क सच्याएर सार्वजनिक गर्नुपर्ने माग राखेको छ ।

 

नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकमा ‘पुन’लाई छुट्टै जात नभई मगर जातिको थर रहेको मगर संघको स्पष्टोक्ति छ ।

 

मगर संघले ‘पुन’ थर ‘मगर’ जातभित्र पर्ने भन्दै संघले राष्ट्रिय तथ्यांक कार्यालय परिसर पुगेरै सच्याउन माग गरेको महासचिव टेक बहादुर नाम्जाली मगरले जानकारी दिए ।

 

सो विरोध कार्यक्रममा आदिवासी जनजनति घटकका विभिन्न संगठनहरुकोसमेत ऐक्यबद्धता रहेको थियो । 
 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्