मगर संघको आपत्ती: दायाँबायाँ जान्दैनौ, गलत तथ्याङ्क मान्दैनौ
काठमाडाैं | जेठ २९, २०८०
काठमाडौं: राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’लाई छुट्टै जातको रूपमा राखेर तथ्यांक सार्वजनिक गरेपछि नेपाल मगर संघले आपत्ति जनाउदै विरोध प्रदर्शन गरेको छ ।
तथ्यांक कार्यालयले जारी गरेको २०७८ को जनगणना अनुसार पुन’ थरको ०.०३ प्रतिशत जनसँख्या छुट्टै सार्वजनिक गरेको थियो ।
नेपाल मगर संघले ‘पुन’ मगर जातिको थर रहेको बताउदै फेरि तथ्याङ्क सच्याएर सार्वजनिक गर्नुपर्ने माग राखेको छ ।
नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकमा ‘पुन’लाई छुट्टै जात नभई मगर जातिको थर रहेको मगर संघको स्पष्टोक्ति छ ।
मगर संघले ‘पुन’ थर ‘मगर’ जातभित्र पर्ने भन्दै संघले राष्ट्रिय तथ्यांक कार्यालय परिसर पुगेरै सच्याउन माग गरेको महासचिव टेक बहादुर नाम्जाली मगरले जानकारी दिए ।
सो विरोध कार्यक्रममा आदिवासी जनजनति घटकका विभिन्न संगठनहरुकोसमेत ऐक्यबद्धता रहेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

