कटन र उनीको धागोमा लगाइएको १५ प्रतिशत कर हटाउन निर्यात व्यवसायीको माग
काठमाडाैं | जेठ २९, २०८०
फाइल तस्बिर
काठमाण्डौ: निर्यात व्यवसायी महासङ्घ नेपालले कटन र उनीको धागोमा लगाइएको कर हटाउन सरकारसँग माग गरेको छ ।
सोमवार आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा।प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै महासङ्घले निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो । व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ ।
महासङ्घका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत कर घटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु भएको बताउनु भयो।
उहाँले सरकारले विगतमा निर्यातजन्य उद्योगमा ५० प्रतिशतसम्म आयकरमा छुट दिएपछि १२ प्रतिशत कर तिर्नु पर्नेमा आउँदो आर्थिक वर्षदेखि कर वृद्धि हुँदा २० प्रतिशत पुगेको बताउनु भयो। उहाँले सरकारले विद्यमान करको व्यवस्थालाई कायम राख्न अर्थमन्त्रीसँग माग गरिएको बताउनु भयो।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

