पोखरा ३३ मा उद्घोषणकला तथा भाषणकला तालिम सम्पन्न
पाेखरा | जेठ ३०, २०८०
पोखरा ३३ मा चार दिवसीय उद्घोषणकला तथा भाषणकला तालिम सोमबार सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ वडा कार्यालयको आयोजनामा भएको तालिम पोखरा ३३ को वडा कार्यालय, भरतपोखरी स्वास्थ्य चौकी डाडाँगाउँ र उपल्लो पुडीटारमा गरी तीन ठाउँमा एकसाथ आयोजना गरिएको थियो ।
वडामा रहेका महिलाहरुको नेतृत्व तथा व्यक्त्तित्व क्षमता विकास गर्नको लागि गत शुक्रबारबाट आयोजना गरेको तालिममा वडामा रहेका विभिन्न आमा समुहबाट ८० जनाले सहभागिता जनाएको वडा सचिव युवराज पौडेलले जानकारी दिए । जसअनुसार वडा कार्यालयमा २९ जना, पुडीटारमा २३ जना र भरतपोखरी स्वास्थ्य चौकी डाडाँगाउमा २८ जना सहभागी बनेका थिए ।
आगामी दिनमा यस्ता तालिमका कार्यक्रमलाई निरन्तरता दिदै महिलाको क्षमता विकासमा वडाले हरपल साथ दिने वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए । यस अगाडि वडाले महिलालाई लक्षित गरेर ढाका बुन्ने तालिम, कृषि तालिम, साबुन पानी तालिम, कृष्टलका चुरापोते लगायतका तालिम समेत सम्पन्न गरेको उनले बताए । आगामी आर्थिक वर्षको लागि केही नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको समेत उनले खुलाए । हरेक टोलमा पुगेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेर समेत यहाँको आवश्यकता के हो भन्ने पहिचान गर्ने गरिएको उनको भनाई थियो ।
तालिम कार्यक्रमको आयोजना गर्नुको उद्धेश्यबारे वडा सदस्यहरु विनोद भण्डारी, प्रकाश कार्की, दुर्गा थापा केसी, लिलादेवी नेपालीले सहभागीमाझ प्रकाश पारेका थिए । सबैजनालाई सहज होस् भनेर तीन ठाउँमा कार्यक्रम आयोजना गरिएको उनीहरुले बताए । सिकेका सिपलाई समुहका अन्य सदस्यलाई हस्तान्तरण गर्न सहभागी समक्ष उनीहरुको आग्रह थियो ।
तालिममा सहभागी रमा गौतम, आकृती आचार्य, शान्तिदेवी आचार्य लगायतले यस्ता तालिम कार्यक्रलाई निरन्तर आयोजना गर्न वडासँग अनुरोध गरें । चार दिने तालिमले सबैको अगाडि गएर निर्धक्कका साथ आफ्नो भनाई राख्न तथा विभिन्न शैलीका कार्यक्रम सहज तरिकाले सञ्चालन गर्ने क्षमता थपेको बताए । तालिम मार्फत प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा प्रयोग गर्ने उनीहरुको प्रतिवद्धता थियो ।
तालिममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, महासंघका पूर्व केन्द्रिय सदस्य सुष्मा पौडेल, महासंघ कास्की उपाध्यक्ष जमुना शर्मा वर्षा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले सहजीकरण गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

