मलामीले कफिन उठाउँदा भित्रबाट ढकढक्याएपछि...
काठमाडाैं | जेठ ३१, २०८०

काठमाडौं: चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् ।
इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मलामीले कफिन उठाउँदा उनले भित्रबाट ढकढक्याएकी अमेरिकी प्रसारण संस्था केबल न्यूज नेटवर्क सिएनएनले जनाएको छ ।
इक्वेडरको स्वास्थ्य मन्त्रालयले ती महिलालाई हृदयाघात भएको बताएको छ । चिकित्सकले उनलाई मृत घोषणा गरेको विषयमा अनुसन्धान गर्ने जनाउँदै त्यस निम्ति प्राविधिक समिति गठन गरिएको एक विज्ञप्ति निकालेर बताएको छ ।
स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार मोन्टोयालाई बाबाहोयोको मार्टिन इकाजा अस्पताको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो र पछि उनलाई मृत घोषणा गरिएको थियो । रासस/एएनआई
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । &nbs...
पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभ...
पोखरा: नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ भदौ ८ देखि १० गतेसम्म हुने भएको छ । संस्थाको २९ औं...