बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा
काठमाडाैं | जेठ ३१, २०८०
काठमाण्डौ: बाढीले कल्भर्ट पुल बगाएपछि अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड १६ घण्टापछि सञ्चालनमा आएको छ ।
बाढीले गएराति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा कल्भर्ट भत्काएपछि अवरुद्ध भएको सडक आज दिउँसोदेखि सञ्चालनमा आएको हो ।
कालीगण्डकी करिडोर सडक आयोजनाले अस्थायी रुपमा खोलामा गाडी वारपार हुने गरी मर्मत गरेको अन्नपूर्ण–२ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ्गतातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो ।
तर, गएराति वर्षासँगै आएको बाढीले फेरि ह्युमपाइप र वरपरको सडक कटान गरेको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

