विषयगत शिक्षक समुह गठन र परिचालन सम्वन्धी अभिमुखी कार्यक्रम

पाेखरा | जेठ ३२, २०८०

विषयगत शिक्षक समुह गठन र परिचालन सम्वन्धी अभिमुखी कार्यक्रम

पोखरा:  विषयगत शिक्षक समुह गठन र परिचालन सम्वन्धी अभिमुखी कार्यक्रम पोखरा सम्पन्न भएको छ । 

 

शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले शिक्षा समाज परिवर्तन र विकासको मेरुदण्ड भएको हुँदा महत्वका साथ हेरेको बताउनुभयो । म विद्यार्थीका लागि, विद्यार्थी मेरा लागि भन्ने नाराले सम्रग शिक्षामा सुधार गर्नुपर्ने विषय समेटेको बताउँदै उहाँले शिक्षा क्षेत्रको विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आगामी शैक्षिक कार्यक्रमहरु अझै प्रभावकारी बनाएर अगाडी बढ्ने बताउनुभयो ।

 

शिक्षा निर्देशनालयका उपसचिव मोतिलाल शर्माले स्वागत तथा उदेश्य बारे जानकारी र उपसचिव नारायण पौडेलले कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट शिक्षा तर्फको शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखाका प्रमुख तोयनाथ लम्साल र स्वास्थ्यको तर्फका सचिव विनोद विन्दुशर्माले प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसैगरी सुन्दरबजार नगरपालिकाको अभ्यास प्रस्तुति उपसचिव ठाकुर जी तिवारीले गर्नुभएको थियो । विषयगत शिक्षक समुह गठन तथा परिचालन सम्वन्धी मापदण्डको बारेमा शिक्षा निर्देशनालयका उपसचिव नारायण पौडेलले प्रस्तुति गर्नुभएको थियो ।

 

कार्यक्रम शिक्षा निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्विका आचार्यको अध्यक्षतामा भएको हो । निर्देशक आचार्यले पहिलो पटक नयाँ कार्यक्रम, नौलो ढंगले गदै गण्डकी प्रदेशलाई शैक्षिक गन्तव्यको थलो बनाउने दाबी गर्नुभयो । यस्तो किसिमको कार्यक्रम गर्ने गण्डकी प्रदेश पहिलो प्रदेश हो । शिक्षक समुह गठनबाट सम्वन्धित विषयका शिक्षकहरुलाई शिक्षण गर्दा आईपरेका समस्याको समाधान निकाल्न सहयोग पुग्नेछ । पछिल्लो समय गणित, विज्ञान र अग्रेजी पढाउने शिक्षक पनि कम, प्रतिस्पर्धा पनि कम र पढ्ने विद्यार्थी पनि कम भएको हुँदा यसलाई पनि सुधार गर्ने बताउनुभयो । 

 

विद्यार्थीलाई केन्द्रीकृत गरेर उहाँले प्रदेशले शैक्षिक महोत्सव र शैक्षिक सामग्री निमार्ण कार्यशाला गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशको स्थानीय तह शिक्षा युवा तथा खेलकुद महाशाखा÷ शाखाका प्रमुखको सहभागीता रहेको थियो ।

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्