दलित महिलालाई उद्घोषण तालिम
पाेखरा | असार १, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नं. ७ ले वडाका दलित महिलालाई लक्षित गरि आयोजना गरेको ३ दिने उद्घोषण तथा माइनुट लेखन तालिम सम्पन्न भएको छ ।
समापन समारोहमा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्रका सबै क्षेत्रमा आवश्यक्ता अनुसारको योजना र सामाजिक सशक्तिकरणका कार्यक्रम निरन्तर संचालन गर्ने बताउनु भयो । जनप्रतिनिधिलाई झक्झकाउने काम वडावासीको रहेको बताउदै , वडावासीको सक्रियताले मात्र वडाको समग्र विकास हुने बताउनु भयो । तालिममा सहभागीहरुको उत्साहलाई देखेर आगामी दिनमा अझ प्रभावकारी र स्वरोजगारमुखी सिपमुलक कार्यक्रम संचालन गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो ।
प्रशिक्षक रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारीले तालिम छोटो समयको भएता पनि महिला दिदि बहिनीको सक्रियताले प्रभावकारी भएको बताउनुभयो । सिकेका कुरालाई व्यवाहारमा उतार्न उहाँले सहभागी सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमा सहभागीको तर्फबाट सविना परियार, सम्झना परियार र भावना परियारले आफ्नो अनुभव सुनाउदै तालिम निकै प्रभावकारी भएको बताए । पोखरा ७ को घारीपाटन क्षेत्र अन्य क्षेत्रको तुलनामा अलि पछि परेको बताउदै महिलाहरुलाई आय आर्जनमा जोड्ने सिपमुलक तालिम पनि राख्न उनीहरुले आग्रह गरे ।
वडा नं. ७ का महिला जनप्रतिनिधि तथा कार्यक्रम संयोजक सुनिता सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन पोखरा ७ का वडा सचिव राजेन्द्र पौडेलले गर्नुभयो । तालिममा ४५ जनाको सक्रिय सहभागीता थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

