फरक उद्देश्य बोकेकाहरु एक ठाउँमा आउँदैमा शक्ति बन्दैन: अध्यक्ष ओली

काठमाडाैं | असार २, २०८०

फरक उद्देश्य बोकेकाहरु एक ठाउँमा आउँदैमा शक्ति बन्दैन: अध्यक्ष ओली

काठमाडौं:    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएकाहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण हुन नसक्ने टिप्पणी गरेका छन् । 


शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले सो टिप्पणी गरेका हुन् । 


समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरुको निर्णयप्रति लक्षित गर्दै उनले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा आउँदा त्रसिन आवश्यक नरहेको बताए । समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र काँग्रेसलाई तर्साउन गठजोड भइरहेको उनले चर्चा गरे ।


अध्यक्ष ओलीले सँगै काम गरेका नेतालाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको बताए । आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको उनले दावी गरे ।  


“हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ जो देश, जनता, विकासप्रति समर्पित हुन्छ” ओलीले भने, “चारतिर फर्किएका चार तिरका फरक उद्देश्यका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन ।” एमालेलाई अब कसैले पनि राष्ट्रिय शक्ति बन्नबाट रोक्न नसक्ने उनले दावी गरे । 


अध्यक्ष ओलीले एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्ने विश्वास दिलाए । एमाले राष्ट्रिय शक्ति बनेमात्र देशको समृद्धि कायम हुने उनले चर्चा गरे । 

म्याग्दी:  म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...

थप पढ्नुहोस्

काठमाडौं:  बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...

थप पढ्नुहोस्

काठमाडौं:   आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

थप पढ्नुहोस्