कोशी प्रदेशले बाढी पहिराेबाट ज्यान गुमाएकाकाे परिवारलाई १ लाख रुपैयाँ दिने
काठमाडाैं | असार ५, २०८०
कोशी प्रदेश सरकारले बाढी पहिराेबाट ज्यान गुमाएकाकाे परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ दिने भएकाे छ ।
प्रदेश मन्त्रिपरिषद्को हिजाे साेमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिराेमा परेर ज्यान गुमाएकाकाे परिवारलाई एक लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले याे निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो ।
बैठकले कोशी प्रदेश पुनः नामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

