लगातार तेस्रो दिन शेयर बजार घट्यो

काठमाडाैं | असार ६, २०८०

लगातार तेस्रो दिन शेयर बजार घट्यो

काठमाडौं:      लगातार तेस्रो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार १४ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ विन्दुमा झरेको छ ।


आज होटल, जीवन बिमा, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । हिजो मङ्गलवार चार अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७१ वटा कम्पनीका ८६ लाख ५१ हजार कित्ता शेयर तीन अर्ब ४९ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २३ करोड रुपैयाँको शेयर किनबेच भयो ।

 

आज सबैभन्दा धेरै ग्रीन भेन्चर्स कम्पनीको शेयर आठ प्रतिशत तथा मेन्छियाम हाइड्रो र कर्पोरेट विकास बैंकको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सिटी होटलको शेयर १० प्रतिशत तथा सोल्टी होटलको शेयर साढे सात प्रतिशतले बढेको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्