पोखरामा पनि मनाइयो योग दिवस

पाेखरा | असार ६, २०८०

पोखरामा पनि मनाइयो योग दिवस

पोखरा:   पोखरामा पनि अन्तरराष्ट्रिय योग दिवस मनाइएको छ । 


भारतीय राजदूतावासले पोखरामा आज (बुधबार) वृहत योग शिविर आयोजना गर्दै योग दिवस मनाएको हो । 


पोखरा महानगरपालिका, नेपाल पर्यटन वोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा रंगशालामा शिविर सञ्चालन गरिएको थियो । 


सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय दूतावासको कार्यक्रमले दुई मुलुकबीचको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गरे । 


उनले पोखरा र गण्डकी प्रदेश पर्यटकीइ केन्द्र भएको बताउदै यहाँ धार्मिक पर्यटकलाई भित्राउन सकिने बताए । 


यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातील्े भारतका विभिन्न शहरबाट पोखरा सिधा हवाई सम्पर्क कायम गरी पर्यटकीय गतिविधि बढाउन सकिने धारणा राखेका थिए । 


नेपालमा वि.स २०३६ माघ १ देखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्