बाढी पहिरो अपडेट : ९ जनाको ज्यान गयो, १ सय ९० परिवार विस्थापित, ३० वटा पुलमा क्षति, १५ वटा सडक अवरुद्ध
काठमाडाैं | असार ७, २०८०
पूर्वी पहाडी जिल्लामा गएको शनिवारदेखिको बाढी पहिरोमा परेर एक सय ९० परिवार विस्थापित भएका छन् ।
पाँचथरमा ९३, ताप्लेजुङमा ८० र संखुवासभामा १७ परिवार विस्थापित भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक ९एसपी० ऋषिराम कडेलले जानकारी दिनुभयो ।
बाढी पहिरोले पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र संखुवासभा बढी प्रभावित छन् । भोजपुर र इलाममा पनि क्षति भएको छ र बाढी पहिरोमा परेर अहिलेसम्म नौ जनाको ज्यान गएको पुष्टि भएको छ । पाँचथर र ताप्लेजुङमा तीनरतीन जना तथा संखुवासभामा दुई र भोजपुरमा एक जनाको ज्यान गएको एसपी ऋषिराम कडेलले जानकारी दिनुभयो ।
बाढी पहिरोमा परेर घाइते भएका सात जनामध्ये चार जना डिस्चार्ज भएका छन् भने तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बाढी पहिरोमा परेर बेपत्ता भएका २७ जनाको अवस्था भने अझै पत्ता लागेको छैन । बाढी पहिरोमा संखुवासभाका २१, पाँचथर र ताप्लेजुङका तीनरतीन जना बेपत्ता भएका हुन् ।
बाढी पहिरोबाट ४३ वटा घरमा नोक्सानी भएको छ । संखुवासभाका २४, पाँचथरका १०, ताप्लेजुङका छ र इलामका तीन वटा घरमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।
यस्तै, १२ वटा पक्की र १८ वटा कच्ची गरी ३० वटा पुलमा पनि क्षति भएको छ । पाँचथरका १५, ताप्लेजुङका नौ, संखुवासभाका छ वटा पुलमा क्षति भएको हो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

