करणले लिए वेस्ट इन्डिजविरुद्ध पहिलो विकेट
काठमाडाैं | असार ७, २०८०
तस्बिर फाइल
काठमाडौं: आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा टस जितेर बलिङ रोजेको नेपालले पहिलो विकेट लिएको छ । करण केसीले पहिलो विकेट लिएका हुन् ।
क्यारेबियन टिमका लागि ओपनिङमा उत्रिएका काइल मेयर एक रन बनाएर पभिलियन फर्के। मेयर दोस्रो ओभरको तेस्रो बलमा कुशल भुर्तेलको हातबाट क्याच भए।
वेस्ट इन्डिजले २.४ ओभर सकिँदा एक विकेट गुमाएर ४ रन बनाएको छ।
हरारे स्पोर्ट्स क्लबमा १२÷४५ मा सुरु भएको खेलमा नेपाली कप्तान रोहित पौडेलले बलिङ रोजेका थिए।
पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

