आइतबारसम्म नै देशका केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना

काठमाडाैं | असार ८, २०८०

आइतबारसम्म नै देशका केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना सांकेतिक तस्बिर

मनसुनी गतिविधि बढेसँगै पर्सि आइतवारसम्म नै देशका केही ठाउँमा ठूलो र धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

मौसमविद्ले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेका छन् । आज (शुक्रबार), भोलि (शनिबार) र पर्सि (आइतबार) तीनै दिन पानी पर्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ ।

 

आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । राति भने धेरै ठाउँमा पानी पर्ने अनुमान छ । राति कोशी, मधेस, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।  

 

यस्तै भोलि दिउँसो बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँ र राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कर्णालीका एकरदुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ ।

 

यस्तै पर्सि आइतवार दिउँसो मधेश, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई  ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको अनुमान छ ।मनसुनी गतिविधि सक्रिय भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

पोखरा:  यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिनुहुन्छ ५५ वर्षीया मनमाया थापा मगर र उहाँकी २३ वर्षीय छोरा पूर्णबहादुर । पूर्णबहादूर पू...

थप पढ्नुहोस्

काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल ...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गु...

थप पढ्नुहोस्