पोखरामा ड्रागन बोट रेस फेस्टिभलको रौनक

पाेखरा | असार ८, २०८०

पोखरामा ड्रागन बोट रेस फेस्टिभलको रौनक

पोखरा:     फेवातालमा आज देखि नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ ।  चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । 


२ सय र पाँच सय मिटरको दुरीमा हुने नेपाल–चीन ड्रागन बोट रेस फेस्टिभलमा चिनियाँ ४ समूह, नेपाली ४ समूहको सहभागिता रहेको छ । बंग्लादी घाटदेखि स्विमिङपुलघाटसम्म बोट रेस सञ्चालन भएको छ । ५ सय मिटरतर्फ विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि २ सय मिटर दौडतर्फ विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

 


दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलमा सिचुवान डाइगन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फे्रण्डशिप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसिए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा मेट्रोपोलिटिन ड्रागन बोट प्रतिस्पर्धा गरेका छन् । 

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्