सुरक्षाकर्मीलाई गण्डकी प्रदेशको उद्धार सामग्री सहयोग
पाेखरा | असार ८, २०८०
पोखरा: गण्डकी प्रदेश सरकारले विपदबाट हुने जनधनको क्षति न्यूनिकरण गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
वेन मेटी (खाना तातो बनाउने मेसिन) मोटरबोट र बिभिन्नि किसिमका उद्धार सामग्री गरी करिव ५२ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
सामग्री सुरक्षा निकायले आवश्यकता अनुसार प्रदेशका जिल्लाहरुमा पठाउने छन् । गण्डकी प्रदेश सरकारले विपद्मा परेकाहरुको उद्धार, खोज र राहतका लागि ११ वटै जिल्लामा विपद् कोषमा बजेट पठाउने गरेको छ । प्रदेश सरकारले पनि विपद् कोष सञ्चालनमा ल्याएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपदबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन दिए ।
प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा उनले भने ‘हामीले सर्वसाधारण नागरिकको सेवा सधैं गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ । जनतासँग प्रदेश सरकार छ भन्ने महसुस हुने गरी हामीले काम गर्नुपर्छ ।’
प्रदेश सरकारसँग भएको साधन, स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न उनले अनुरोध गरे । प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राखेको र हरेक स्थानीय तह, संघ संस्था, निजी क्षेत्र लगायत सबैको दायित्वभित्र विपद् व्यवस्थापन पर्ने हुँदा सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
मनसुनको समय सुरु भएकाले बाढी, पहिरो, कटान, डुबान लगायतबाट हुने क्षति न्यूनीकरणसँगै अन्य घटनामा संवेदनशलि भएर अघि बढ्न प्रदेश सरकारले उच्च शर्तकता अपनाएको उनले बताए ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

