बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
बाग्लुङ | असार १०, २०८०
बागलुङ: बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिए । जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।
आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

