अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस, नेपालमा काराेबार र प्रयाेग बढ्दै
काठमाडाैं | असार ११, २०८०
काठमाण्डौ: लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन काठमाण्डौमा प्रभातफेरी निकालिएको छ ।
भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको छ । प्रभातफेरीमा सहभागीले लागुऔषधको दुर्व्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका छन् ।
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउने मुख्य उद्देश्यसहित मनाइँदै आएको दिवसको यस वर्षको नारा जीवन बचाउँ भन्ने रहेको छ ।
लागुऔषधको असन्तुलित प्रयोगले विश्वमा हरेक वर्ष एक लाख ९० हजार जनाभन्दा धेरै मानिसको ज्यान जाने गरेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । नेपालमा सन् १९६० पछि नै लागुऔषधको कारोबार तथा प्रयोग बढ्दै आएको छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

