‘घरेलु मदिरा ब्राण्डिङ देखि होमस्टे कार्यक्रम’ नागरिकसँग प्रत्यक्ष जोडिएको छ: सांसद गुरुङ
पाेखरा | असार १२, २०८०
पोखरा: गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले प्रदेश सरकारले लिएको अहिलेको कार्यक्रमले प्रदेशका नागरिकसँग प्रत्यक्ष जोडिएको बताएकी छिन् ।
गण्डकी प्रदेश सभामा आज देखि सुरु भएको उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालय र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको बजेट माथि छलफलको क्रममा उनले यस्तो बताएकी हुन् ।
‘प्रदेश सरकारले घरेलु मदिरा ब्राण्डिङ गर्ने देखि सामुदायिक घरबाँस होमस्टेमा बजेट बिनियोजित गरेर नागरिकसँग जोडिएको छ’ गुरुङले भनिन्, ‘प्रदेश भित्र लिफटिङ खानेपानी र सिचाईमा लाग्ने विद्युत महशुल शतप्रतिशत छुट दिएर नागरिकसँग प्रदेश सरकार जोडिएको छ ।’
उनले लिफटिङ मार्फत खानेपानी प्रयोग नागरिक विद्युतको महशुल तिर्न नसक्दा आयोजना बन्द भएको छ, उनीहरुको लागि यो कार्यक्रम साच्चिकै फलदायी छ ।
सांसद गुरुङले गण्डकी प्रदेशको नयाँनयाँ ट्रेकिङ रुटको लागि खोजी गर्न आवश्यक रहेको समेत बताईन् ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

