ललिता निवास जग्गा प्रकरणः फरार चार जना पक्राउ
काठमाडाैं | असार १४, २०८०
काठमाडौं: ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रही फरार ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–५ बस्ने ६९ वर्षीय मिन बहादुर गुरूङ, सोही महानगरपालिका–७ रातोपुल बस्ने ८० वर्षीय धर्म प्रसाद गौतम, सोही महानगरपालिका–४ धुम्बाराही बस्ने ६५ वर्षीय सुधिर शाह र चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने ६० वर्षीय गोपाल कार्की रहेका छन् ।
जग्गा प्राप्ती ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गरी हिनामिना गरेको आरोप छ ।
यस्तै सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानको क्रममा फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

