खेलकुदको विकास गर्न प्रदेश सरकार लागेको छ: मुख्यमन्त्री पाण्डे
पाेखरा | असार १४, २०८०
Photo: Prem Thapa
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुुद क्षेत्रको विकास गर्न प्रदेश सरकार लागि परेको बताएका छन् ।
पोखरामा आज (बिहीबार)देखि सुरु भएको प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
‘गण्डकी प्रदेशमा खेलकुद विकास गर्न प्रदेश सरकार लागि परेको छ, युवाहरुको चाहना अनुसार नै खेलकुदमा प्रोत्साहन सबैले गर्नुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘खेलकुदलाई पर्यटनसँगै जोडेर लैजानुपर्छ, शाहसिक खेलकुदलाई पर्यटनसँग जोड्न सके खेलकुद क्षेत्रको विकास अझै छिटो गर्न सकिन्छ ।’
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले मनोरञ्जनका लागि खेलिने खेलहरु अहिले व्यवसायिक बन्दै गएको बताईन् ।
‘विभिन्न भू-भागमा मनोरञ्जनका लागि खेलिने खेलहरु अहिले व्यवसायिक बन्दै गएका छन्, युवाहरुलाई गलत क्षेत्रमा लाग्नबाट रोक्न खेलकुद क्षेत्रको विकास गर्न आवश्यक छ’मन्त्री सिंखडाले भनिन्, ‘खेलकुदको माध्यमबाट खेलाडीले राष्ट्रलाई विश्वमा चिनाएका छन्, त्यसैले खेलकुद क्षेत्रको विकास गर्न सबै एकजुट भएर जान आवश्यक छ ।’
मन्त्री सिंखडाले भलिबलसँग अन्य खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार लागि परेको बताईन ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको व्यवस्थापनमा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता असार १६गते सम्म सञ्चालन हुने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुने समूहले नगद १ लाख, दोस्रो हुने समूहले ७० हजार र तेस्रो हुने समूहले नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५÷५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

