खेलकुदको विकास गर्न प्रदेश सरकार लागेको छ: मुख्यमन्त्री पाण्डे
पाेखरा | असार १४, २०८०
Photo: Prem Thapa
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुुद क्षेत्रको विकास गर्न प्रदेश सरकार लागि परेको बताएका छन् ।
पोखरामा आज (बिहीबार)देखि सुरु भएको प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
‘गण्डकी प्रदेशमा खेलकुद विकास गर्न प्रदेश सरकार लागि परेको छ, युवाहरुको चाहना अनुसार नै खेलकुदमा प्रोत्साहन सबैले गर्नुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘खेलकुदलाई पर्यटनसँगै जोडेर लैजानुपर्छ, शाहसिक खेलकुदलाई पर्यटनसँग जोड्न सके खेलकुद क्षेत्रको विकास अझै छिटो गर्न सकिन्छ ।’
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले मनोरञ्जनका लागि खेलिने खेलहरु अहिले व्यवसायिक बन्दै गएको बताईन् ।
‘विभिन्न भू-भागमा मनोरञ्जनका लागि खेलिने खेलहरु अहिले व्यवसायिक बन्दै गएका छन्, युवाहरुलाई गलत क्षेत्रमा लाग्नबाट रोक्न खेलकुद क्षेत्रको विकास गर्न आवश्यक छ’मन्त्री सिंखडाले भनिन्, ‘खेलकुदको माध्यमबाट खेलाडीले राष्ट्रलाई विश्वमा चिनाएका छन्, त्यसैले खेलकुद क्षेत्रको विकास गर्न सबै एकजुट भएर जान आवश्यक छ ।’
मन्त्री सिंखडाले भलिबलसँग अन्य खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार लागि परेको बताईन ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको व्यवस्थापनमा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता असार १६गते सम्म सञ्चालन हुने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुने समूहले नगद १ लाख, दोस्रो हुने समूहले ७० हजार र तेस्रो हुने समूहले नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५÷५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

