पोखरा महानगर क्रिकेट समितिको अध्यक्षमा बीरेन्द्र पुन

पाेखरा | असार १४, २०८०

पोखरा महानगर क्रिकेट समितिको अध्यक्षमा बीरेन्द्र पुन

पोखरा: पोखरा महानगर क्रिकेट समितिको अध्यक्षमा बीरेन्द्र पुन चयन भएका छन् । 

 

पोखरामा सम्पन्न क्रिकेट प्रेमीहरुको भेलाले पुनको अध्यक्षतामा ७ सदस्यिक कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द प्रधान  सचिवमा कपिल देव गौतम तथा कोषाध्यक्षमा ऋषिकेश सर्मा पौडेल चयन भए । त्यसैगरि सदस्यहरुमा भरत थापा, देवी लामा, र अभिनय श्रेष्ठ चयन भए ।

 

नवनिर्वाचित अध्यक्ष पुनले कास्कीमा ग्रासरुट क्रिकेट विकासका लागि अभियानको थालनी गर्ने बताए । यसका लागि पोखरा महानगर अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा क्रिकेटका कार्यक्रमहरु सञ्चालन गरिने उनले जनाए ।

 

पोखरामा रहेका विभिन्न क्लवहरुविच क्रिकेटका प्रतिस्पर्धात्मक कार्यक्रम गरिने, खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण दिइने, महानगरभित्रका वडाहरुविच वडा कप प्रतियोगिता आयोजना लगायतका कार्यक्रमहरु अघि सारिने पुनको भनाई छ । त्यसैगरि अन्तर महानगरिय मेयर कप क्रिकेट प्रतियोगिता समेत आयोजना गर्ने समितिको योजना रहेको अध्यक्ष पुनले बताए । यि सबै कार्यक्रमका लागि कास्की जिल्ला क्रिकेट संघसंग समन्वय गरिने पुनको भनाई छ ।

 

पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काको विशेष उपस्थितीमा उक्त समिति निर्माण गरिएको हो । सो अवसरमा खड्काले नेपालमा क्रिकेटको लोकप्रियता निकै माथि पुगेको बताए । ‘हाम्रो देशले विश्वकप खेल्न सक्ने खेल क्रिकेटनै हो, यसमा सम्भावनानै सम्भावना छ’–खड्काले भने । नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै समितिका आगामी कार्यक्रमहरु सफल पार्न समितिले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्