नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध, खुलाउने प्रयास हुँदै

चितवन | असार १६, २०८०

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध, खुलाउने प्रयास हुँदै

चितवन:     नारायणगढ मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकैको तीन नम्बर पुल क्षेत्रको सडक पुन अवरुद्ध बनेको छ ।


बिहीबार मध्यान्न १ः२० बजे देखि लगातार खसेको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक शुक्रवार अपराह्न ६ बजे एकतर्फी खुले पनि अवरुद्ध बनेका गाडीहरू पुरै पार हुँदहुँदै शनिबार उज्यालो हुनु पूर्व ३ः३० बजे देखि पुनः अवरुद्ध बनेको  छ ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार लगातार ढुङ्गासहितको सुख्खा पहिरो खसिरहेको पहिरो जसोतसो पन्छाउने काम भएको थियो । तर, रोकिएका यातायातका साधन पुरै पास गर्दा नगर्दै परेको अविरल वर्षासहितको पहिरोले पुन सडक रोकियो । उहाँका अनुसार पहिरो गइरहेको क्षेत्रको मुग्लिन तर्फ र नारायणगढ तर्फ  तयारी अवस्थामा एस्काभेटर र डोजर तयारी अवस्थामा राखिएका छन् । तर पनि पानी परिरहेको र लगातार ढुङ्गा खसिरहेको कारण पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन ।


तराई क्षेत्रलाई सङ्घीय राजधानी र मध्य पहाडी क्षेत्र जोड्ने लाइफलाइनको रूपमा रहेको नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक १२ हजार भन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने अनुमान छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्