प्रदेशस्तरीय महिला भलिबलः उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने
तेस्रो स्थानका लागि बागलुङ र स्याङ्जा भिड्ने
पाेखरा | असार १६, २०८०
तस्बिर फाइल
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ म्याग्दी र पर्वत भिड्ने भएका छन् ।
उपाधि दावेदार मानिएका म्याग्दीले बागलुङ र पर्वतले स्याङ्जालाई सेमिफाइनलमा पराजित गर्दै उपाधिका लागि भिड्ने भएका हुन् ।

पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको दोस्रो सेमिफाइनल खेलमा पर्वतले स्याङ्जालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा म्याग्दीसँगको भेट पक्का गरेको हो ।
पर्वतले २५-१९, २५-१६ र २५-१६ले स्याङ्जालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
यस्तै जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।
म्याग्दीले पहिलो सेट २७-२५, दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१९ ले जित्दै उपाधि नजिक पुगेको हो । फाइनल केही समय पछि सुरु हुने प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ ।
सेमिफाइनलमा पराजित जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

