प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा म्याग्दी च्याम्पियन
पाेखरा | असार १६, २०८०
पोखरा: पोखरामा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ म्याग्दी च्याम्पियन भएको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको फाइनल खेलमा जिल्ला भलिबल संघ म्याग्दीले पर्वतलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।
म्याग्दीले पहिलो सेट २५–१५ ले सहजै जितेपनि दोस्रो तेस्रो सेट गुमाएको थियो । चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै म्याग्दीले पर्वतलाई पराजित गरेको हो । म्याग्दीले २५–१५, २३–२५, १७–२५, २५–१५ र १५–१० ले पर्वतलाई फाइनलमा पराजित गरेको हो ।
यस्तै गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ बागलुङ तेस्रो भएको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।

जिल्ला भबिलल संघ बागलुङले पहिलो सेट १९–२५ ले गुमाएको थियो । पहिलो सेट गुमाएको बागलुङले उत्कृृष्ट पूनरागमनसहित २५–१२, २५–२३ र २५–१५ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो ।
प्रतियोगितामा च्याम्पियन भएको म्याग्दीले १ लाख, उपविजेता पर्वतले ७०हजार र तेस्रो भएको बागलुङले ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५/५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

