प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा म्याग्दी च्याम्पियन

पाेखरा | असार १६, २०८०

प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा म्याग्दी च्याम्पियन

पोखरा:  पोखरामा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ म्याग्दी च्याम्पियन भएको छ । 


पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको फाइनल खेलमा जिल्ला भलिबल संघ म्याग्दीले पर्वतलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । 


म्याग्दीले पहिलो सेट २५–१५ ले सहजै जितेपनि दोस्रो तेस्रो सेट गुमाएको थियो । चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै म्याग्दीले पर्वतलाई पराजित गरेको हो । म्याग्दीले २५–१५, २३–२५, १७–२५, २५–१५ र १५–१० ले पर्वतलाई फाइनलमा पराजित गरेको हो । 


यस्तै गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ बागलुङ तेस्रो भएको छ । 


पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । 


जिल्ला भबिलल संघ बागलुङले पहिलो सेट १९–२५ ले गुमाएको थियो । पहिलो सेट गुमाएको बागलुङले उत्कृृष्ट पूनरागमनसहित २५–१२, २५–२३ र २५–१५ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो ।

 

 प्रतियोगितामा च्याम्पियन भएको म्याग्दीले १ लाख, उपविजेता पर्वतले ७०हजार र तेस्रो भएको बागलुङले ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५/५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्