मुग्लिन–नारायणगढसहित देशका पाँच मुख्य राजमार्ग बन्द, १० वटा सडक एकतर्फी सञ्चालन
काठमाडाैं | असार १७, २०८०
काठमाण्डौ: बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित देशका पाँच वटा सडक पूर्ण रुपमा बन्द भएका छन् ।
१० वटा सडक एकतर्फी मात्रै सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार मेची राजमार्ग र तमोर करिडोरमा पर्ने पाँचथरको हेवाखोला क्षेत्रमा सडक बन्द छ ।
तानसेन–रिडी–कोरला, डुम्रे–बेशीसहर–चामे, कोशी राजमार्गका रानी–विराटनगर–इटहरी–धरान–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथांका तथा तानसेन–रिडी–कोरला सडक एकतर्फी सञ्चालन भइरहेको छ।
त्यसैगरी, सिद्धार्थ राजमार्गको बेलहिया–भैरहवा–बुटवल–वर्तु–राम्दी–स्याङ्जा– पोखरा र कर्णाली राजमार्गको जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खेलाल–हिल्सा सडक एकतर्फी छ । सडक विभागले वर्षाको बेला सडक बन्द भए तत्काल खुलाउने तयारी गरेको भने पनि त्यसो हुन सकिरहेको छैन ।
पहाड र ठूलाठूला ढुंगा खस्दा सडक खुलाउन समस्या भइरहेको छ । विभागका उपमहानिर्देशक रामहरि पोखरेलले सडक खुलाउनका लागि विभिन्न ठाउँमा दुई सय ४२ वटा उपकरणहरु तयारी अवस्था राखेको बताउनु भएको छ। देशमा ८० वटा राजमार्ग छन् । यसमध्ये कतिपय राजमार्ग वर्षाको बेला सञ्चालन हुने अवस्थामा छैनन्। नियमित गाडी चलिरहेका राजमार्ग अवरुद्ध भइहाले समयमै खुलाउन सडक डिभिजन कार्यालयलाई तयारीका साथ राखिएको विभागको दाबी छ ।
यसैबीच, पहिरोको कारण मुग्लिन–नारायणगढ सडकको यात्रा कष्टकर बनेको छ । गएराति ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि सडक फेरि बन्द भएको छ । पहिरो पन्छाउने तयारी भइरहे पनि सडक कतिबेला खुल्छ भन्ने टुंगो नरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा गाडीको लामो लाइन छ । सडक खुलेको एकिन नभइ यात्रा शुरु नगर्न पनि प्रहरीको आग्रह छ ।
संघीय राजधानी काठमाण्डौको ‘लाइफ लाइन’ मानिएको मुग्लिन–नारायणगढ सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । ठाउँ ठाउँमा बारम्बार पहिरो झर्दा सडक बन्द हुने र खुल्ने कुनै टुंगो हुन छाडेको छ । पहिरो पन्छाएर केहीबेरमा सडक खुलाए पनि केहीबेरमै बन्द हुँदा यात्रु र चालक हैरान हुँदै आएका छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

