पहिरोका कारण नारायणगढ–मुग्लिन सडकको यात्रा अनिश्चित
काठमाडाैं | असार १७, २०८०
काठमाण्डौ: पहिरोका कारण नारायणगढ–मुग्लिन सडकको यात्रा अनिश्चित बनेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गएको बिहीबार दिउँसोदेखि लगातारजसो पहिरो गइरहेको छ । पहिरो पन्छाएर केहीबेरमा सडक खुलाए पनि फेरि बन्द हुँदा यात्रुलाई सास्ती भएको छ ।
गएको बिहीबार यता यो सडक मुस्किलले १५ घण्टा मात्रै सञ्चालनमा आएको छ । सडकमाथिको पहाड पुरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ । अझै दुई तीन दिन सकेसम्म यो सडकको यात्रा नगर्न सडक डिभिजन कार्यालय भरतपुरको अनुरोध छ।
कार्यालयका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पहिरो एकै पटक खसे दुई तीन घण्टामा हटाउने गरी उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
तर, पटक पटक पहिरो झर्दा हटाउन समस्या भइरहेको उहाँले बताउनुभयो । उहाँले साना गाडीलाई सकेसम्म हेटौँंडा–काठमाण्डौ निस्कने कान्ति लोकपथको प्रयोग गर्न अनुरोध गर्नु भएको छ ।
सिद्धार्थ राजमार्गमा पनि पहिरो गइरहेकाले ठूला गाडीका लागि तत्काल पर्खनुको अर्को विकल्प छैन। त्यसैले सकेसम्म दुईरतीन दिन यो सडकको यात्रा नगर्न र गर्नैपरे दिउँसोको समयमा मात्रै गर्न पनि सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलको सुझाव छ ।
कार्यालयका अनुसार अहिले पहिरो गइरहेको यो ठाउँमा पहिरो जाने आँकलन गरिएको थिएन । आँकलन नगरिएको ठाउँमा पहिरो गएकाले रोकथामका काम हुन नसकेको कार्यालयको भनाइ छ । पहिरोका कारण गएराति साढे ११ बजेदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन।
पोखरा: पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...
म्याग्दी: धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ । निर्माणस्थलमा चलाइएका डोजरले पाखोमा फाल्ने माटो र मालवाहक सवारीसाधनले उडाउने धुलोका कार...
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...

