पहिरोका कारण नारायणगढ–मुग्लिन सडकको यात्रा अनिश्चित
काठमाडाैं | असार १७, २०८०
काठमाण्डौ: पहिरोका कारण नारायणगढ–मुग्लिन सडकको यात्रा अनिश्चित बनेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गएको बिहीबार दिउँसोदेखि लगातारजसो पहिरो गइरहेको छ । पहिरो पन्छाएर केहीबेरमा सडक खुलाए पनि फेरि बन्द हुँदा यात्रुलाई सास्ती भएको छ ।
गएको बिहीबार यता यो सडक मुस्किलले १५ घण्टा मात्रै सञ्चालनमा आएको छ । सडकमाथिको पहाड पुरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ । अझै दुई तीन दिन सकेसम्म यो सडकको यात्रा नगर्न सडक डिभिजन कार्यालय भरतपुरको अनुरोध छ।
कार्यालयका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पहिरो एकै पटक खसे दुई तीन घण्टामा हटाउने गरी उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
तर, पटक पटक पहिरो झर्दा हटाउन समस्या भइरहेको उहाँले बताउनुभयो । उहाँले साना गाडीलाई सकेसम्म हेटौँंडा–काठमाण्डौ निस्कने कान्ति लोकपथको प्रयोग गर्न अनुरोध गर्नु भएको छ ।
सिद्धार्थ राजमार्गमा पनि पहिरो गइरहेकाले ठूला गाडीका लागि तत्काल पर्खनुको अर्को विकल्प छैन। त्यसैले सकेसम्म दुईरतीन दिन यो सडकको यात्रा नगर्न र गर्नैपरे दिउँसोको समयमा मात्रै गर्न पनि सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलको सुझाव छ ।
कार्यालयका अनुसार अहिले पहिरो गइरहेको यो ठाउँमा पहिरो जाने आँकलन गरिएको थिएन । आँकलन नगरिएको ठाउँमा पहिरो गएकाले रोकथामका काम हुन नसकेको कार्यालयको भनाइ छ । पहिरोका कारण गएराति साढे ११ बजेदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

