देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं | असार १८, २०८०
फाइल तस्बिर
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने एजेण्डा लिएर नयाँ दल आए ठाउँ छोड्न तयार रहेको बताउनु भएको छ ।
आज स्व। गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्तीको अवसरमा काठमाण्डौमा भएको कार्यक्रममा उहाँले राम्रो विचार र एजेण्डासहित नागरिकको जीवनमा परिवर्तन ल्याउने विश्वासकासाथ आउनेलाई ठाउँ छोड्न गाह्रो नहुने बताउनु भएको हो । तर अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उहाँले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी समेत गर्नुभयो।
नेपाली नागरिकको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको उहाँले बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखिएकाले यसलाई रोक्न जरुरी रहेको बताउनु भएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

