एनभिए लिग सुरु हुन ५ दिन बाँकी हुँदा गण्डकीले थाल्यो बन्द प्रशिक्षण

पाेखरा | असार १८, २०८०

एनभिए लिग सुरु हुन ५ दिन बाँकी हुँदा गण्डकीले थाल्यो बन्द प्रशिक्षण

पोखरा:    नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुने सातौ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग सुरु हुन पाँच दिन बाँकी हुदा प्रदेश खेलकुद परिषद् गण्डकीले महिला/पुरुष टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । 


नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुने सातौ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबलमा सहभागी हुन् गण्डकी प्रदेशले १८ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । 


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य आर्थिक सहयोगमा असार २३ देखि ३० गते त्रिपुरेश्वरस्थित कभर्ड हलमा सञ्चालनमा हुने एनभिए लिगमा गत वर्ष क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 


गण्डकी प्रदेश खेलकुद परिषद्ले असार १४ देखि १६ सम्म आयोजना गरेको प्रदेशस्तरीय महिला भलिबलमा खेलाडीको प्रर्दशनलाई हेरेर ८ जिल्लाका १८ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेको हो । 


महिला टोलीको बन्द प्रशिक्षणमा म्याग्दीका ७,पर्वतका ३, नवलपुर र बागलुङ २/२, कास्की, गोरखा, लमजुङ र स्याङ्जाका १/१ जना खेलाडी बन्द प्रशिक्षणमा परेका हुन् ।


बन्द प्रशिक्षणमा अरुणा शाही (राष्ट्रिय महिला टोली कप्तान), सस्मिता पुन, रेविना घर्ति, एलिसा रोका, पवित्रा शिर्पाली, सजिना बुढाथोकी, मनिषा तिलिजा, पुजासेन ठकुरी, लक्ष्मी राना, रोश्मिना गुरुङ, हिमाली रोका, हिरा बुढा, रोमा महतो, पृथ्वी मगर,कविता गर्बुजा, सोइन थापा र विमला गुरुङ बन्द प्रशिक्षणमा परेका हुन् । 


गण्डकी प्रदेश महिला भलिबलका प्रशिक्षक मलिन रोकाले केही दिनको बन्द प्रशिक्षणबाट अन्तिम १२ जना छनोट हुने जानकारी दिए । 


यस्तै गण्डकी प्रदेश पुरुष भलिबलका प्रशिक्षक रमेश केसीले गत वर्ष क्लब च्याम्पियनसिप खेलेका खेलाडीहरुलाई अरु बन्द प्रशिक्षणमा बोलाएको जानकारी दिए । 


‘गण्डकी प्रदेश पुरुष टोलीमा कुनै हेरफेर गरिएको छैन्, गतवर्ष क्लब च्याम्पियनसिप खेलेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ’, प्रशिक्षक केसीले भने, ‘वर्षा याम भएकाले खेलाडीहरु आज वा भोलि बिहानसम्म पोखरा आइपुग्ने जानकारी दिएका छन् अनि बन्द प्रशिक्षण सुरु गछौं ।’


घरेलु दर्शकले गण्डकी प्रदेशमा खोजेका खेलाडीहरु अन्य क्लबका अनुबन्धित भएकाले समेत्न नसकिएको र सम्भव भएसम्म तीन जना बिदेशी खेलाडी टिममा राख्ने प्रशिक्षक केसीले बताए । 


लिगबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब काठमाडौं, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागदश स्पोर्टस क्लब रामेछापले लिगमा प्रतिस्पर्धा गर्नेछन् । 


महिला तर्फ नेपाल प्रहरी, होडवाजी न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोलीको सहभागिता रहनेछ ।
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्