मुग्लिन–नारायणगढ सडकमा सामान्य रुपमा गाडी चल्दै
काठमाडाैं | असार १९, २०८०
काठमाण्डौ: मुग्लिन–नारायणगढ सडकमा यतिबेला सामान्य रुपमा गाडी चलिरहेका छन् ।
हिजो बिहान सवा सात बजेदेखि यो सडकमा समान्य रुपमा गाडी आउजाउ भइरहेको प्रहरीले जनाएको छ । तर, पहिरोको जोखिम भने कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।
कार्यालयका अनुसार पहिरो गएपछि सडक खुलाउन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ । सडक खण्ड गएको बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ । सङ्घीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

