सप्तरीमा आफ्नै श्रीमतीको हत्या
सप्तरी | असार २०, २०८०
सप्तरी: आफ्नै श्रीमतीलाई हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
सप्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुरका इनरदेव चौधरी रहेका छन् ।
चौधरीलाई प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चौधरीले आफ्नै ३२ वर्षीया श्रीमती किरण कुमारी चौधरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
किरण कुमारीलाई स्थानीयले बेहोस अवस्थामा फेला पारी अस्पताल गरेपश्चात चिकित्सकले मृत घोषणा गरेको थियो ।
त्यसपछि इनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा आफ्नो संगल्नता रहेको बयान दिएका थिए ।
सो विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

