पे–पार्किङ असफल भएपछि महानगरले व्यक्तिलाई बुझायो क्षतिपुर्ति

पाेखरा | असार २६, २०८०

पे–पार्किङ असफल भएपछि महानगरले व्यक्तिलाई बुझायो क्षतिपुर्ति

पोखराः गत माघदेखि पोखरा महानगरले न्यूरोडमा सुरु गरेको पे–पार्किङ असफल भएपछि पार्किङ सञ्चालकलाई महानगरले क्षतिपुर्ति थमाएको छ । 

 

महानगरले अघि सारेको योजना असफल भएपछि क्षतिपुर्ति बुझाएको यो पहिलो पटक हो । 

 

महानगरले न्यूरोडस्थित पुरानो पूर्णिमा हलको खाली जग्गामा पे–पार्किङको व्यवस्था गरी धुमधामले शुभारम्भ गरेको थियो । उक्त पार्कि«ङ सञ्चालन गर्ने जिम्मा स्थानीय एक युवाले लिएका थिए । त्यसबखत उनले महानगरको योजनालाई सघाउन तयार रहेको बताएका थिए । 

 

सोही अनुरुप उनले फिल्महलको खाली जमिनमा लगानी गरी पार्किङयोग्य पनि बनाए । तर पार्किङ नचलेपछि लगानी डुबेको भन्दै उनले असारको पहिलो साता क्षतिपुर्ति दाबी गर्दै महानगरमा निवेदन दिएका थिए । 

 

करिब ४ लाख रुपैयाँ लगानी गरेको बताएका उनले हाल क्षतिपुर्तिवापत महानगरबाट २ लाख ७० हजार रुपैयाँ पाएका छन् । 

 

व्यक्तिलाई क्षतिपुर्ति तिरेको विषयमा जानकारी लिन खोज्दा महानगरका प्रवक्ता मोतिलाल तिम्सीनाले यस विषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै बुझेर खबर गर्ने बताएका छन् । 

पोखरा:     गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने बताउनुभएको छ ।  शनिबार पोखरामा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा...

थप पढ्नुहोस्

काठमाडौं:    सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको ...

थप पढ्नुहोस्

बुटवल:      पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबा...

थप पढ्नुहोस्