म्याग्दी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
म्याग्दी | असार २८, २०८०
म्याग्दी: हिमाली जिल्ला म्याग्दीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ म्याग्दीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका छ वटै स्थानीय तहका ४५ वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्र सबै बालबालिकाले पूर्णरुपमा खोप प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
हाल जिल्लामा भएका १५ महिना पूरा भई ५९ मुनिका बालबालिकाहरुको सर्वे गर्दा समेत सबैले खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई सुनिश्चित जिल्ला घोषणा गरिएको हो। “म्याग्दी जिल्लालाई पहिलो पटक २०७१ चैत १५ गते सालमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । अहिले स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई पनि सुनिश्चितताको दिगोपन घोषणा गरिएको हो,” उहाँले भन्नुभयो ।
नेपाल सरकारले १३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोगविरुद्ध तथा गर्भवती महिलाका लागि टिटी खोप लगाउने गरेको जनाइएको छ ।
म्याग्दीमा बेनी अस्पताल, एक सय १७ खोप केन्द्र, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ३९ वटा स्वास्थ्यचौकी, २७ वटा सामुदायिक स्वास्थ्य एकाइ, चार वटा सहरी स्वास्थ्य केन्द्र, तीन सय ७२ महिला स्वास्थ्य स्वयंसेविका छन् ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

