चार्जमा रहेको फोन उठाउँदा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडाैं | असार ३०, २०८०
चार्जमा रहेको फोन उठाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो ३ बजे गौरीगन्ज गाउँपालिका-१ टुनु बस्तीकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
सिला खेतमा काम गरेर घर फर्किएकी थिइन्। फोन आएपछि मोबाइल उठाउँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको डिएसपी रिजालले बताए।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

