लोकतान्त्रिक तमु संघ रुपाको अध्यक्षमा सुबेदार केहरसिंह गुरुङ

पाेखरा | असार ३१, २०८०

लोकतान्त्रिक तमु संघ रुपाको अध्यक्षमा सुबेदार केहरसिंह गुरुङ

पोखरा:    लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाँउपालिकाको प्रथम अधिवेशनले सुवेदार केहरसिंह गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटि निर्वाचित गरेको छ । 


गाउँपालिकाको  अधिवेशनले लोकतान्त्रिक तमु संघ रुपा गाँउपालिको प्रथम अधिवेशनले केहरसिंङ गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटि चयन गरेको हो । 


कमिटिको उपाध्यक्षहरुमा लेखबहादुर गुरुङ र जसबहादुर गुरुङ, सचिवमा खसबहादुर गुरुङ, उपसचिवमा तेज गुरुङ, कोषाध्यक्षमा बेलकुमारी गुरुङ र सदस्यरुमा सुन्दर गुरुङ, बिकास गुरुङ, निर्मला गुरुङ, देवी गुरुङ, हरिमाया गुरुङ, प्रकाश गुरुङ, संजित गुरुङ, खगेन्द्र गुरुङ, रुपकला गुरुङ, नन्दकुमारी गुरुङ, लिलबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, तेजमाया गुरुङ र हिमाल गुरुङ चयन भएका हुन् । 


नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघका महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष गुरुङले लोकतान्त्रिक तमु संघलाई रुपमा नमुना संघको रुपमा सबै तमुहरुलाई आस्थाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे । 


 

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्