रुकुम पश्चिममा पहिलो ब्लड बैंक स्थापना

रुकुम पश्चिम | साउन २, २०८०

रुकुम पश्चिममा पहिलो ब्लड बैंक स्थापना सांकेतिक तस्वीर

रुकुम पश्चिम:    रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो । 


दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण अहिले पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ । 


ब्लड बैंक निर्माणका लागि अहिलेसम्म ४० लाख रुपैयाँ खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा २८ लाख रुपैयाँ र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उहाँले जानकारी दिनुभयो । भवन निर्माणसहित शय्या, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, तारबारलगायतका काम  त्यही बजेटबाट भएको उहाँको भनाइ छ । 


ब्लड बैंक स्थापना भएपछि अब चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा रगत अभाव नहुने विश्वास लिइएको छ । अहिले सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिलाई गुहार्नुपर्ने बाध्यता छ ।

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।   इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...

थप पढ्नुहोस्

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्