मुस्ताङ: कर्तव्य ज्यानका फरार अभियुक्त शेरचन ८ वर्षपछि पक्राउ

काठमाडाैं | साउन ३, २०८०

मुस्ताङ: कर्तव्य ज्यानका फरार अभियुक्त शेरचन ८ वर्षपछि पक्राउ

पाेखरा:   कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका पुरूष ८ वर्षपछि पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका -२ घर भई  काठमाडौंको जोरपाटी बस्दै आएका ४६ वर्षीय सम्राट शेरचन छन्।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार गोकर्णश्वर नगरपालिका-८ अत्तरखेलबाट पक्राउ गरेको हो।

 

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७२  भदौ १ गते उनलाई  १४ वर्षको जेल सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए 

 

उनीविरूद्ध  ०६६ मा राधा पुनले जाहेरी दिएका थिए। त्यतिबेला मुस्ताङ जिल्ला अदालतले शेरचनलाई एक वर्ष चार महिना कैद सुनाएको थियो। 

 

त्यसविरूद्ध पुनरावेदन दिएका उनीविरूद्ध  बागलुङ अदालतले जन्मकैदको सजाय सुनाएको थियो। पुनरावदेनको आदेशविरुद्ध सर्वोच्चले उनलाई १४ वर्षको कैद सजाय सुनाएको हो। 

 

पक्राउ परेका सम्राटलाई  फैसला कार्यान्वयनक‍ा लागि काठमाडौं जिल्ला अदालतमा पठाएको छ। 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्