चितवनमा गैँडाकाे आक्रमणबाट ७६ वर्षीय वृद्धकाे ज्यान गयाे

चितवन | साउन ५, २०८०

चितवनमा गैँडाकाे आक्रमणबाट ७६ वर्षीय वृद्धकाे ज्यान गयाे

चितवन :  चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारीको गैँडाको आक्रमणबाट ज्यान गएको हो । 

 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीवार हिजो निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो ।

 

बेलुकी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।  

गलकोट:  चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्