नेवा: पत्रकार पुच कास्कीमा अनिशा
पाेखरा | साउन ६, २०८०
Photo: Cityone TV
पोखरा: नेवा: पत्रकार पुच: कास्कीको अध्यक्षमा अनिशा श्रेष्ठ चयन भएकी छन् ।
शनिबार सम्पन दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएकी हुन् ।
यस्तै उपाध्यक्ष गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ चुनिए ।
कार्यसमिति सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य, अल्चना श्रेष्ठ र अभिनन्दन बजिमय रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कास्कीमा नेवा समुदायबाट महिला पत्रकारहरु न्युन रहेको भन्दै आफुले पत्रकारीताको माध्यमबाट नेवास् संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार गर्ने बताएकी थिइन् ।

काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

