१९ राउण्ड गोलीसहित कुमार पक्राउ
पर्सा | साउन ८, २०८०
सांकेतिक तस्बिर
पर्सा: पर्सामा सर्ट गनमा प्रयोग हुने १९ राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित पश्चिम चम्पारण, लगुन्नाहका २२ वर्षीय मुरारी कुमार छन् ।
आइतबार राति वीरगन्ज महानगरपालिका–८, भानुचोकबाट उनलाई नियन्त्रणमा लिइएको हाे ।
प्रहरीले जाँच गर्न खोज्दा आफूले बोकेको झोला फालेर उनी फरार भएका थिए । झोला तलासी गर्दा उक्त गोली फेलापरेको प्रहरीले जनाएको छ ।
तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट उनको खोजीमा संयुक्त टोली खटिएको थियो । वीरगन्ज महानगरपालिकास्थित प्रभु अस्पतालनजिकै भाग्दै गरेको अवस्थामा फेला पारी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...


