बागलुङमा इलाका प्रहरी प्रमुख मृत फेला, होटल सञ्चालिका र छोरा नियन्त्रणमा
बाग्लुङ | साउन ९, २०८०
फोटो: दिनेश शर्मा
बागलुङ: बागलुङ बडिगाड गाउँपालिकामा वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल मृत फेला परेका छन् ।
बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी शारधा प्रसाद चौधरीले बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जानकारी दिए ।
घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेकाे छ ।
प्रहरीका अनुसार अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

