चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।  भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीह...

पोखरा:  पोखरामा अवैध रुपमा विदेशी बिनिमय रकम कारोवार गरेको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–१७ पार्दी बिरौटामा अवैध रुपमा विदेशी बिनिमय कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।  कास्की प्रहरी प्रमुख ओलियाका अनुसार पक्राउ परेका तीनजनाको साथबाट ७५ लाख ९६हजार ९ सय रुपैयाँ बरामद भएको बताए ।  पक्राउ पर्नेमा झापा दमक भई पोखरा बैदाममा हिलारी मनि चेन्जरका संचालक ४५ वर्षीय राजकुमार बुढाथोकी, रुपन्देही सिद्धार्थनगर १३ हाटबजार घर भई रुपन्देही र कास्कीमा रेष्टुरेण्ट व्यवसायी ४५ वर्षीय महुमुद्धिन एम अहमद र पोखरा १९ पुरनचौरमा सगरमाथा मनि चेन्जरका सञ्चालक ४३ वर्षीय खेमराज पौडेल छन् ।  पक्राउ परेका राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनि एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ । पक्राउ परेका उनीहरुलाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसूरमा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरील जनाएको छ ।   

पोखराः  पोखरामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जङ्गे सार्कीलाई प्रहरीले प्रक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीय जमुना नेपाली सार्कीको हत्या गरेको आरोपमा जङ्गेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।   ‘साउन ८ गते हामीलाई पोखरा–२७ रिठ्ठेपानी शान्ति खहरे टोलस्थित सुकुम्बासी बस्तीमा अस्थायी रुपमा बन्दै आएका जमुना नेपाली सार्की मृत अवस्थामा रहेको भन्ने सूचना आएको थियो, कास्की प्रहरी प्रमुख ओलीयाले भने, प्रारम्भिक अनुसन्धानको क्रममा जग्गा बेच्ने विषयमा वादविवाद हुँदा श्रीमानले आवेशमा आई मुक्का प्रहार गरी भित्ता तर्फ ठोक्काउँदा जमुनाको मृत्यु भएको खुल्न आएकाले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएका हौं ।’ जङगेले जमुनाको हत्या साउन ६ गते गरेको कास्की प्रमुख ओलियाले बताए । ‘मिस्त्रीको काम गर्दै आएका जङ्गेले साउन ६ गते नै जमुनाको हत्या गरेको खुल्न आएको छ, उनले भने, साउन ८ गते उनीहरु बस्दै आएको घरबाट गन्ध आएपछि मात्र घटना बाहिर आएको हो, शवको पोष्टमार्टम रिर्पोपछि हत्यो कारण टाउकोमा ब्लुथ फोर्सको चोटका कारण खुल्न आएको छ ।’ कास्कीको माछापुच्छ«े गाउँपालिका ५ रिभान स्थायी घर भई विगत २०/२१ वर्षदेखि पोखरा २७ रिठ्ठेपानी बस्दै आएका जङ्गेको जमुना दोस्रो श्रीमती हुन् ।  पहिलो श्रीमतीले १ वर्षको छोरा छोडेर अन्तै विवाह गरेर गएपछि जङ्गेले जमुनालाई दोस्रो विवाह गरेको हुन् ।  उनका छोरा अहिले विवाह गरेर रिभानमा नै बस्दै आएको प्रहरीले जनाएको छ ।  श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्धामा ६दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ । 

सुर्खेत:   सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले आफ्नै श्रीमती ४१ वर्षीय रविना थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार हत्या लगत्तै ठाडामगगरले ठेगानासहित प्रहरीलाई नै फोन गरेर आफुलाई पक्राउ गर्न बोलाएका थिए । खबर पाउनासाथ घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले बताउनुभयो । यसअघि प्रहरीलाई फोन गर्नुपूर्व ठाडामगरले प्रहरीको नम्बर माग्न वडाध्यक्षलाईसमेत फोन गरेका थिए । जानकारी पाउने वित्तिकै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो । घटनाको कारण अझै खुलिनसकेकाले थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीको भनाइ छ ।

बाँके: नेपालगञ्जमा एक युवकले प्रेमिकाको हत्या गरेका छन्।  दैलेख घर भई नेपालगन्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको हो।  बेलासपुरस्थित कोठामा सलले घाँटी कसेर उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।    युवती हत्या आरोपमा बर्दिया घर भई नेपालगन्जस्थित स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई फोन गरेर हत्याको जानकारी दिएका प्रहरीले जनाएको छ।   निर्मलाको हत्यापछि राति २ बजे उनी आफैँ जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफूले प्रेमिकाको हत्या गरेको जानकारी गराएका थिए।  प्रकाश विवाहित रहेको प्रहरीले जनाएको छ। उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामै बस्दै आएका छन्।  प्रकाश र निर्मला विगत तीन वर्षदेखि नेपालगन्ज १२ बेलासपुरमा सँगै बस्दै आएका खुलेको छ। हत्याको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

पोखरा:  गोरखाको अजिरकोट गाउँपालिका–३ का प्रकाश गुरुङ लागूऔषधसहित पोखरामा पक्राउ परेका छन् ।  पोखरा महानगरपालिका–३२ लामेआहाल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा ग ६ प १६३० नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई प्रहरीले लागूऔषधसहित मंगलबार पक्राउ गरेको हो ।  पक्राउ परेक गुरुङको साथबाट प्रहरीले २ केजी ९ सय ग्राम लागूऔषध, १ थान मोबाइल र १ हजार रुपैयाँ बरामद गरेको छ ।  पक्राउ परेक उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

पोखरा:  पोखरामा आफ्नै नवजात शिशुको हत्या आरोप बुवा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीले नवजात शिशुको हत्या गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा नागढुङ्गा बस्ने ३७ वर्षीय गोविन्द लामिछानेलाई आइतबार पोखरामा पक्राउ गरेको हो ।  गतवर्षको असोज १३ गते पोखरा महानगरपालिका–१४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेका थियो ।  जेब्रा झोलामा भेटिएको नवजात शिशुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि शिशुको घाँटी र टाउकोमा चोटका कारण मृत्यु भएको रिपोर्टपछि शिशुको बुवाले नै हत्या गरेको खुल्न आएपछि लामिछानेलाई १० महिनापछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।  श्रीमतीलाई सुत्केर बेथालागी उपचारको लागि जाँदा पक्राउ परे लामिछाने गतवर्षको असोजमा आफ्नै नवजात शिशुको हत्याको आरोपमा फरार लामिछानेलाई श्रीमतीलाई सुत्केरी बेथालागी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा लैजादा गर्दा प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो । आरोपी यादवको साथबाट रु सात लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । 

पोखरा: पोखरामा १२ लाख ३० हजार रुपैयाँ चोरी गरेको आरोपमा ओमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।  पोखरा ५ मालेमाटनस्थित  दाङ  भ्याली फ्रेस हाउसका सञ्चालक संगिता भण्डारीको कोठाभित्र दराज राखिएको १२ लाख ३० हजार रुपैयाँ शुक्रबार चोरी भएको थियो ।  पक्राउ परेका ओमबहादुर भुजेलको साथबाट प्रहरीले बरामद गरेको नगद । फोटो कास्की प्रहरी पैसा चोरी भएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले माछापुच्छे गाउँपालिका ९ स्याथी घर भएका २३ वर्षीय ओमबहादुरलाई ९ लाख ९७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो ।  पक्राउ परेका भुजेलको साथबाट प्रहरीले २ थान मोवाईलसमेत बरामद गरेको छ । उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा: यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल घुसहित पक्राउ परेका छन् ।  सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, पोखराबाट खटिएको टोलीले पौडेललाई मंगलबार ७ हजार घुससहित पक्राउ गरेको हो ।  सवारी चालक अनुमति पत्रको अनलाईन फारम भरिदिने र लिखित परीक्षामा उत्तीर्ण गराई परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।  पक्राउ परेका पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।