चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।  भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीह...

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुरमा एकजना भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ बस्ने ५६ वर्षीय कुल बहादुर शाही रहेका छन् ।   उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले शाही उनको घरबाट बन्दुकसहित गत शुक्रबार दिउँसो पक्राउ गरेको हो ।   सो विषयमा तनहुँ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना जुवाडेलाई ९८ हजार ६ सय २५ रुपैयाँसहित प्रकाउ गरेको छ । पोखरा महानगरपालिका-८ पृथ्वीचोकस्थित होटल प्यालेसमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले मंगलबार बेलुका प्रकाउ गरेको हो ।  जुवातास खेलिरहेको अवस्थामा प्रहरीले स्याङजाको पुतलीबजार नगरपालिका-८ घर भई  महानगरपालिका १७ छोरेपाटन बस्ने ५२ वर्षीय नारायण राना सहित ७ जनालाई  पक्राउ गरेको हो ।      प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६ सय २५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

पोखरा:   सभागृहकाे एक ग्यारेजमा जुवातास खेलिरहेका ९ जुवाडेलाई प्रहरीले १ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित प्रकाउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रकाउ पर्नेमा तीन भारतीय नागरिक समेत छन् ।  शनिबार ग्यारेजको कोठामा जुवातास खेलिरहेका ९  जुवाडेलाई ३ बुक तास, १ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।  ग्यारेजका सञ्चालक ४३ वर्षीय गोपाल बस्नेत, बारा घर भई पोखरा बस्ने ४० वर्षीय रमेश शाह, भारतको प्रदेश बिहार घर भएका ३५ वर्षीय उपेन्द्र चौधरी, ३४ वर्षीय राकेश शर्मा,  सप्तरी घर भई पोखरा बस्ने सुजित चौधरीलाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा प्रकाउ गरेको हो ।  प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धीमा कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरील जनाएको छ । 

महोत्तरी:  बर्दिबास नगरपालिका–८ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ६५ किलोसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बर्दिबास नगरपालिका ८ बस्ने ३२ वर्षीय राजु प्रसाद चौधरी रहेका छन् ।   उनलाई गएराति प्रहरी चौकी हात्तिलेट र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज १ स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजासहित चालक चौधरीलाई पक्राउ गरेको हो ।   पक्राउ परेका उनीमाथि  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:    पोखरा लेकसाईडमा मादक पदार्थ सेवन गरेर हामीहरु प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिने २ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिदै हिडेको आरोपमा पोखराका ३२ वर्षीय नारायण गिरी र सप्तरी डाक्लेश्वरीका २१ वर्षीय विवेक ठाकुरलाई प्रहरीले प्रकाउ गरेको हो ।  प्रकाउ परेका दुईजनाको साथबाट रेडियो सेट (वाकिटाकी ) समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानामगरले जानकारी दिए ।  ‘लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै हामीहरु प्रहरीको ठुलै व्यक्ति हौं भन्दै रेडियो सेट (वाकीटाकी)देखाएर धम्की दिइरहेको सूचना आएको थियो’, निरीक्षक रानामगरले भने, ‘सूचना आएपछि डिउटीमा खटिएका प्रहरीलाई अपशब्द बोल्दै अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएका हौं, अहिले म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।’ प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

नवलपुर:  इलाका प्रहरी कार्यालय दुम्किबासले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा विनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ६२ वर्षीय सुक बहादुर विक रहेका छन् ।   प्रहरीका अनुसार गत सोमबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी दिएका थिए । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई हिजो (बिहीबार) दिउँसो पक्राउ गरेको हो ।   सुकबहादुरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।  

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाखालबाट ९ जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले बिहीबार पोखरा महानगरपालिका–५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजबाट नगद रु ९४ हजार ४० र ३ बुक ताससहित पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा  पोखरा ५ बस्दै आएका म्याग्दीको धौलागिरी गाउँपालिका–१ का ५१ वर्षीय पदम लामासहित ९ जना रहेका छन् ।    पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

पोखरा:    जिल्ला अदालत कास्कीले बाल विवाह मुद्धामा ३ महिना कैद सुनाइएका बुद्धिसरा र बिनितालाई प्रहरीले १ वर्षपछि प्रकाउ गरेको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका–१ बस्ने सरस्वती वि.क भन्ने बुद्धिसर विक र बिनिता विकलाई जिल्ला अदालत कास्कीले ०७९ फागुन २५ गते ३ महिना कैद, २५ सय जरिवाना र पिडित राहत कोषमा २ सय जरिवाना फैसला गरेको थियो ।  अदालतको फैसला अनुसार २ महिना १८ दिन कैद सजाय र २५ सय जरिवाना र पिडित राहत कोषमा २ सय रुपैयाँ भुक्तान गर्न बाँकी रहेका बुद्धिसरा र बिनितालाई प्रहरीले हिजो (बुधबार)पोखराको हरिचोकबाट प्रकाउ गरेको हो ।   

पोखरा:   पोखरा २ बागलुङ बसपार्कमा गएराती सवा ११ बजे दुईजनालाई काठको मुढढा प्रहार गरेका एक युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा प्युठान स्थायी घर भएका हाल बागलुङ बसपार्कमा बस्दै आएका २६ वर्षीय सुमन केसी रहेका छन् ।   कास्की प्रहरीका अनुसार केसीले ७० वर्षीय देव रावत र ६० वर्षीया रुकमणी श्रेष्ठलाई काठको मुढा प्रहार गरी घाइते बनाएर फरार थिए ।   घाइते अवस्थामा प्रहरीले फेला पारेपछि उपचारका लागि सहारा अस्पताल पठाएको थियो ।    त्यसपछि फरार रहेका केसीलाई वडा प्रहरी बैदाम र जिल्ला प्रहरी कार्यालयले खोजी गरेको थियो । केसीलाई आज बिहान करिब २ बजे नालामुखबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिए ।   उनका अनुसार केसीलाई ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।