ग्यारेजको कोठामा जुवा अड्डा: ६ जुवाडे १ लाख बढी रकमसहित प्रकाउ

पाेखरा | फागुन २०, २०८०

ग्यारेजको कोठामा जुवा अड्डा: ६ जुवाडे १ लाख बढी रकमसहित प्रकाउ

पोखरा:   सभागृहकाे एक ग्यारेजमा जुवातास खेलिरहेका ९ जुवाडेलाई प्रहरीले १ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित प्रकाउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रकाउ पर्नेमा तीन भारतीय नागरिक समेत छन् । 


शनिबार ग्यारेजको कोठामा जुवातास खेलिरहेका ९  जुवाडेलाई ३ बुक तास, १ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । 


ग्यारेजका सञ्चालक ४३ वर्षीय गोपाल बस्नेत, बारा घर भई पोखरा बस्ने ४० वर्षीय रमेश शाह, भारतको प्रदेश बिहार घर भएका ३५ वर्षीय उपेन्द्र चौधरी, ३४ वर्षीय राकेश शर्मा,  सप्तरी घर भई पोखरा बस्ने सुजित चौधरीलाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा प्रकाउ गरेको हो । 


प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धीमा कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरील जनाएको छ । 

बागलुङ:   यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ...

थप पढ्नुहोस्

पोखरा:      काठमाडौंमा वैशाख २५ देखि २९  गतेसम्म सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित पोखरामा सम्पन्न भएको छ ।  पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल...

थप पढ्नुहोस्

काठमाडौं:   काडमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ ...

थप पढ्नुहोस्