पोखरा थर्काउने बुलेट देखि क्रसफायर बाइक प्रहरीको नियन्त्रणमा
प्रहरी भन्छ- मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कशप वानटेडमा
पाेखरा | फागुन २०, २०८०
पोखरा: पोखरा नै थर्र्काउने गरी मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने ६ सय ८१ वटा विभिन्न कम्पनीका मोटरसाइकल कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक कार्यालय कास्की र कास्की प्रहरीको संयुक्त प्रयासमा स्वरुप परिवर्तन गरिएका बुलेट देखि क्रसफायर मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
कास्की प्रहरी र ट्राफिक प्रहरीले पछिल्लो ६ महिनामा स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन थापाले बताए ।
‘पछिल्लो ६ महिनामा हामीले मोडिफाई गरिएका ६ सय ८१ वटा विभिन्न कम्पन्नीका मोटरसाइकल नियन्त्रणमा लिएका छौं’, प्रहरी प्रमुख थापाले भने, ‘ मोडिफाई भएका मोटरसाइकललाई कारवाही गरेर हामीले ६ महिनामा ७ लाख ४२ हजार ७ सय रावश्व संकलन गरेका छौं ।’
उनले पहिलो पटक स्वरुप परिवर्तन (मोडिफाई) भएका मोटरसाइकललाई सामानहरु फेर्न लगाएर पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिवाना गरी अभिभावकको जिम्मा लगाउने बताए ।
‘हामीले मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाउने सवारीलाई नियन्त्रणमा लिएका हौं’, उनले भने, ‘पहिलो पटक नियन्त्रणमा लिएका मोटरसाइकलाई अभिभावकको रोहवरमा कारवाही गरेर फिर्ता दिन्छौं, पटके रुपमा नियन्त्रणमा लिएका सवारीलाई कारवाहीका लागि यातायात कार्यालय पठाउँछौं ।’
उनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न घटाउन रंग परिवर्तन गर्ने नपाईने व्यवस्था रहेको समेत बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने वर्कसपको निगरानी , पहिचान गर्ने र उक्त वर्कसपका सञ्चालकहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

